
काठमाडौं । बजारमा आएका विभिन्न प्रकारका नुनका कारण उपभोक्ता ठगीनुका साथै स्वास्थ्यमा पनि असर गरेको सरोकारवालाहरुले जनाएका छन् ।
आयोडिन मन्थको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पिंक नुनको नाममा कम गुणस्तरको नुन बेच्ने गरेकोले उपभोक्तालाई सर्तक हुन आग्रह गरेका छन् ।
भारत तथा पाकिस्तानबाट आयात गरिएको नुन भन्दै बजारमा २ सय ५० देखि ३ सय रुपैयाँसम्म अनलाइनका माध्यमबाट नुन बेच्ने गरेको पाइएको र त्यसतर्फ अनुसन्धान भइरहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले जानकारी दिनुभएको छ ।
त्यस्तै, कार्यक्रममा आयोडिनको कमीका कारण मानिसमा विभिन्न किसिमका रोगहरु देखिने हुँदा आयोडिन युक्त नुनको मात्र प्रयोग गर्न सरोकारहरुले सुझाव दिएका छन् ।
नेपालमा फेब्रुअरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्