काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद डा. धवलशमशेर राणाले संसदमै संघीयतालाई चुनाैती दिने अभिव्यक्ति दिनुभएकाे छ ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले संघीयतालाई चुनाैती दिँदै भन्नुभयाे,’हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौं, हामीलाई हेप्न पाइँदैन’
उहाँले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्ननै जनताले मत दिएको भन्दै नहेप्न आग्रह गर्नुभएकाे हाे ।
राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताउनु भयाे।
तर साेही बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालतमा विरोध जनाउनु भएकाे थियाे ।




प्रतिक्रिया दिनुहोस्