Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?


91
Shares

काठमाडाैं । काठमाडाैं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ भन्दै प्रश्न गर्नुभएकाे छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा तामझामका साथ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपनि उडान भर्ने बारे सरकारसँग कुनै योजना नभएको बताउनु भयाे ।

‘प्रधानमन्त्रीज्यूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन त गर्नुभयो । तर, पोखराबासीले पर्खिरहेका छन्, पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ?,’ उहाँको प्रश्न छ ।