१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


बैतडीमा चरेशसहित तीन जना पक्राउ


156
Shares

बैतडी । प्रहरीले बैतडीमा लागूऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ ।

जिल्लाको छुट्टाछुट्टै स्थानमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । बैतडीका प्रहरी प्रवक्ता योगेश खत्री नेतृत्वमा खटिएको प्रहरीको बिशेष अप्रेशन अन्तर्गत जिल्लाका तीन स्थानबाट चरेशसहित तीनजना पक्राउ परेका हुन् ।

जिल्लाको सुर्नया गाउँपालिका १ हटैराजका दीपक चन्दलाई १ सय ९९ ग्राम चरेशसहित पक्राउ गरिएको छ । उनले सञ्चालन गर्दै आएको श्रीकेदार हटैराज किराना पसलमा प्रहरीको बिशेष अप्रेशन अन्तर्गत खोजतलास गर्दा चरेश फेला परको थियो ।

दोगडाकेदार गाउँपालिका ७ खोचलेकका बिरसिंह कार्कीलाई १ सय ग्राम र दशरथचन्द नगरपालिका वडा नम्बर ८ पूजारी गाउँका नारायणसिंह थापालाई २ सय ८० ग्राम चरेशसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूमाथि लागुऔषध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।