१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


धनुषा हिरासतबाट ६ जना थुनुवा फरार


65
Shares

काठमाडौं । धनुषामा प्रहरी हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् ।

आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट पर्खाल भत्काएर ६ थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हाे । २ जना हातहतियार, ३ जना अभद्र व्यवहार र एक जना लागू औषधसम्बन्धी मुद्दाका थुनुवा भागेका हुन् ।

हिरासतमा ७ जना रहेकामा एक जना सवारी दुर्घटना मुद्दाका थुनुवा भने भागेका छैनन् । फरार भएकाहरूको खोजी कार्य भइरहेको प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

इलाका प्रहरीको भवनको हिरासत पट्टीको भाग कमजोर भएका कारण फोडेर उनीहरू भाग्न सफल भएको जनाइएकाे छ ।