Logo ४ मंसिर २०८२, बिहिबार | Fri Nov 21 2025


नयाँ गृहमन्त्रीका लागि छलफलमा जुटे प्रधानमन्त्री प्रचण्ड र ओली


3k
Shares

काठमाडौं । नयाँ गृहमन्त्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको हाे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उहाँहरुबीच छलफल भइरहेकाे छ ।

सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैर नेपाली नागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ । लामिछानेले आईतवार नेपाली नागरिकता फेरि प्राप्त गरेका छन् ।