
फाइल तस्बीर
काठमाडौं । कारखाना सञ्चालन गरेर राजधानीमै नक्कली मदिराको कारोबार भइरहेकाे प्रहरीले फेला परेकाे छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी नक्कली मदिराको कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ ।
नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्