
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठक अहिले काठमाडौंमा बसिरहेको छ ।
बैठकले बिमस्टेक सदस्य राष्ट्रका विदेश सचिवको बैठकले अन्तिम रुप दिएको समझदारीपत्र अनुमोदन गर्ने छ ।
शिखर सम्मेलनले अनुमोदन गर्ने विद्युत्लाइन प्रशारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड ईन्टरकनेक्सनको समझदारीपत्रमा सातै देशका विदेशमन्त्रीले थप छलफलपछि हस्ताक्षर गर्नेछन् ।
क्षेत्रीय लगानी, व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबि निवारण र जनस्वास्थ्य गरी १४ मध्ये ७ विषयलाई प्राथमिकतामा राखेर छलफल अगाडि बढाइएको छ ।
सचिवस्तरीय बैठकले प्रशासनिक तथा आर्थिक विषयमा भएका छलफलका एजेण्डासमेत मन्त्रिस्तरीय बैठकमा पेश गरिएको छ ।
मन्त्रिस्तरीय बैठकमा बिमस्टेकका महासचिव शाहीदुल ईस्लामले सम्मेलनसँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सचिवस्तरीय बैठकले तयार पारेको काठमाडौं घोषणापत्रको मस्यौदालाई शिखर सम्मेलनमा मन्त्रिस्तरीय बैठक पेश गर्ने निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्