Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


बालेनकाे डाेजर आतंकविरुद्ध काठमाडाैंमा प्रदर्शन


806
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे डोजर आतंकविरुद्ध काठमाडाैंमा प्रदर्शन भएकाे छ ।

मेयर शाहकाे निर्देशनमा डोजर चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको हाे ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।