Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा पावेल नहराद निर्वाचित


65
Shares

एजेन्सी । चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा पावेल नहराद निर्वाचित हुनुभएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का पूर्वमहासचिव नहराद चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो। चुनावी परिणाममा ६१ वर्षीय नहरादले आफ्ना प्रतिद्वन्द्वी आंद्रेज बाबिसलाई पराजित गर्दै खसेको कुल मतको ५७ दशमलव ६ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

सन् २०१७ देखि २०२१ सम्म प्रधानमन्त्री रहनुभएका बाबिसले आफ्नो पराजय स्वीकार गर्नुभएको छ । नयाँ राष्ट्रपतिमा चयन भए लगत्तै नहरादले आगामी मार्चमा दोस्रो कार्यकाल सकिन लागेका राष्ट्रपति मिलोस जेमानको स्थान लिनु हुने भएकाे छ ।

बाबिस र नहरादबीचको दोस्रो चरणको राष्ट्रपतीय चुनावलाई पपुलिस्ट र उदारवादी प्रजातान्त्रिक समूहबीचको प्रतिस्पर्धाको रुपमा लिइएको थियो ।