३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


राससमा कार्यरत १६ जना पत्रकारको पुनर्वहाली नगरिए आन्दोलन


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समितिमा कार्यरत  १६ जना संवाददाताको नवीकरण नरोक्न आग्रह गरेको छ ।

महासंघको श्रमजीवी हीत प्रवद्र्धन समितिले राष्ट्रिय समाचार समिति (रासस) का जिम्मेवार अधिकृतहरुलाई भेटी राससका स्थानीय संवाददाताहरुलाई सेवामा निरन्तरता दिन गरेको आग्रह पुरा नभएको भन्दै पुनः स्मरण गराएको हो ।

राससले विभिन्न जिल्लामा लामो समयदेखि कार्यरत पत्रकारहरुलाई मनोमानी ढंगले नविकरण नगरेको भन्दै महासंघले यसअघि नै पुनर्स्थापनाका लागि पहल गरेको थियो ।

स्थानीय समाचारदाताहरुको हालसम्म नवीकरण नभएको मौखिक र लिखित उजुरीहरु महासंघ केन्द्रिय कार्यालयमा प्राप्त भएको महासंघको श्रमजीवी हीत प्रवद्र्धन समितिका संयोजक तथा महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए ।

महासंघको आग्रह र लिखित माग कार्यान्वयन नभएमा तालाबन्दीसम्मको आन्दोलनमा उत्रनु पर्ने चेतावनी पनि दिएको छ ।

महासंघका सचिव दाहालले लेखेको पत्रमा श्रमजीवी पत्रकारको अधिकार रक्षाका लागि आवश्यक पर्दा सम्बन्धित सञ्चार गृहमा तालाबन्दी गर्ने सम्मको कठोर कदम चाल्ने तर समस्या समाधान गरीे संस्थागत हार्दिकता कायम राख्नेमा महासंघ विश्वस्त रहेको भनिएको छ ।

राससले आस्थाका आधारमा प्रेम राउले (बाजुरा), ललित बहादुर सिंह (बझाङ), किरण (कृष्णबहादुर) धामी (दार्चुला), केशवचन्द्र महरा ‘पवन’ (डोटी), कविता उपाध्याय (रोल्पा), नृपेन्द्र बहादुर मल्ल (मुगु), सुशीला रेग्मी (पाल्पा), जनार्दन घिमिरे (गुल्मी), सनिउल्ला धोबी (कपिलवस्तु), दीपक घिमिरे (भैरहवा), तेजेन्द्र केसी (बुटवल), ध्रुव सागर शर्मा (म्याग्दी), सुरेन्द्र भण्डारी (झापा), जितेन्द्र भण्डारी (पाँचथर), गोकर्ण भण्डारी (दोलखा) र रामहरी न्यौपाने (नुवाकोटं) लाई नवीकरण नगरेको दाबी महासंघको छ ।

 

मिति: २०७५।०५।१२

श्रीमान् अध्यक्षज्यू,

राष्ट्रिय समाचार समिति

काठमाडौं ।

विषयः श्रमजीवी पत्रकारको उजुरी सम्बोधनबारे ।

नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रिय समितिको निर्णय बमोजिम गत साउन २२ गते महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिको प्रतिनिधिमण्डलले राससका जिम्मेवार अधिकृतहरुलाई भेटी राससका स्थानीय समाचारदाताहरुलाई सेवामा निरन्तरता दिन आग्रह गरेको पुनः स्मरण गराइन्छ । महासंघको प्रतिनिधिमण्डललाई अध्यक्षज्यूबाट भएको पदीय मर्यादालाई नसुहाउने खालका दुब्र्यवहारका बीच पनि ‘स्थानीय समाचारदातालाई समाचार लेखनको आधार र निश्चित मापदण्डका आधारमा नवीकरण प्रक्रिया जारी रहेकाले कुनै पनि समाचारदातालाई नहटाइएको’ जानकारीका आधारमा सहजै समस्या समाधान होस् भनेर हाम्रो प्रतिनिधिमण्डल जिम्मेवार र भद्र तरिकाले राससबाट फर्किएको यहाँलाई जानकारी छ ।

अध्यक्षज्यूको प्रतिवद्धता विपरित रासस स्थानीय समाचारदाताहरुको हालसम्म नवीकरण नभएको मौखिक र लिखित उजुरीहरु महासंघ केन्द्रिय कार्यालयमा प्राप्त भएका छन् । उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुँदा , समाचार लेखन र मापदण्ड पूरा गर्दा समेत पूर्वाग्रहका आधारमा सेवाबाट विस्थापित गर्न खोजिएको भन्दै हालसम्म निम्न स्थानीय समाचारदाताहरुले लिखित उजुरी दिनु भएको छ ।

 प्रेम राउले (बाजुरा), ललित बहादुर सिंह (बझाङ), किरण (कृष्णबहादुर) धामी (दार्चुला), केशवचन्द्र महरा ‘पवन’ (डोटी), कविता उपाध्याय (रोल्पा), नृपेन्द्र बहादुर मल्ल (मुगु), सुशीला रेग्मी (पाल्पा), जनार्दन घिमिरे (गुल्मी), सनिउल्ला धोबी (कपिलवस्तु), दीपक घिमिरे (भैरहवा), तेजेन्द्र केसी (बुटवल), ध्रुव सागर शर्मा (म्याग्दी), सुरेन्द्र भण्डारी (झापा), जितेन्द्र भण्डारी (पाँचथर), गोकर्ण भण्डारी (दोलखा) र रामहरी न्यौपाने (नुवाकोट) ।

भविष्यमा बिना पूर्वाग्रह समाचार लिने गरी उल्लेखित स्थानीय समाचारदाताहरुको तत्काल नवीकरण गरी श्रम अधिकारको सम्मान गर्दै औपचारिक जानकारी महासंघलाई पठाउन हुन अनुरोध गरिन्छ ।

गत साउन २३ र २५ गते लुम्बिनीमा बसेको महासंघको केन्द्रिय समितिको बैठकले ‘सरकारी सञ्चारमाध्यमसहित विभिन्न सञ्चारमाध्यमबाट निष्कासित–नवीकरण नगरिएका पत्रकारहरुलाई तत्काल पुनर्वहालीको लागि दबाबमूलक ढंगले पहल गर्ने’ भनी गरेको निर्णयको सम्मान गर्दै देशको एक मात्र समाचार समितिले महासंघको सरोकार सम्बोधन गर्ने विश्वास गरिएको छ । 

देशभरका श्रमजीवी पत्रकारहरुको छाता संस्था महासंघ श्रमजीवी पत्रकारको श्रम अधिकारको पक्षमा अविचलित रही आएको छ । श्रमजीवी पत्रकारको अधिकार रक्षाका लागि आवश्यक पर्दा सम्बन्धित सञ्चार गृहमा तालाबन्दी गर्नेसम्मको कठोर कदम चाल्ने नीति महासंघको छ । 

भलै राससले सहजै समस्या समाधान गरीे संस्थागत हार्दिकता कायम राख्नेमा महासंघ विश्वस्त छ । 

वोद्यार्थःअध्यक्ष, नेपाल पत्रकार महासंघ, रासस प्रतिष्ठान शाखा

रामप्रसाद दाहाल

सचिव एवं

संयोजक, श्रमजीवी हीत प्रवद्र्धन समिति