Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


टाईगर कप भलिबल : आर्मीलाई हराउँदै पुलिस तेस्रो


104
Shares

काठमाडौं । तेस्रो संस्करणको टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस तेस्रो भएको हो ।

आर्मीविरुद्ध पुलिसले २५–२२, १८–२५, २१–२५ र २०–२५ को सेटमा जित निकालेकको हो ।

तेस्रो भएसँगै पुलिसले १ लाख २५ हजार रुपैयाँ तथा चौथो भएको आर्मीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुषतर्फ उपाधिको लागि विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत नै शनिबार नै महिलातर्फ उपाधिको लागि भने दुई विभागीय टोली साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।