
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको छ ।
घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि क्यानले शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
बलात्कारको आरोप लागेका सन्दीप लामिछाने बन्द प्रशिक्षणमा परेका छैनन् । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने छ । जुन खेल फेबु्रअरी १४ मा हुने छ ।
यस्तै, नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेबु्रअरी १७ मा खेल्ने छ । नेपालले फेबु्रअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेबु्रअरी २१ मा पुनः खेल्ने छ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्