३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


काठमाडौं उपत्यकाका सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू


0
Shares

काठमाडौं । बिमस्टेक शिखर सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि जोरबिजोर अंकका आधारमा गाडी चल्ने व्यवस्था गरेको हो ।

सो अनुसार आज काठमाडौं उपत्यकामा बिजोर नम्बरका गाडि मात्र चलेका छन् ।

शुक्रबारसम्म सबै निजी तथा भाडाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बुधबार र शुक्रबार बिजोर नम्बर भएका गाडी र बिहीबार जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् । अन्तिमका २ अंकका आधारमा जोर र बिजोर गणना हुनेछ ।

बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अत्यावश्यक सवारी साधनमा भने यो नियम लागू नहुने महाशाखाले जनाएको छ ।