काठमाडौं । झुठा विवरण देखाई नागरिकता लिएको कसुरमा एक जना पक्राउ परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका-८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
झुठा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई पक्राउ गरेको गरिएकाे हाे ।
जिल्ला अदालत चितवनबाट जारी गरिएकाे पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरिएकाे हाे ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी कमल थापाले बताउनु भयाे ।





प्रतिक्रिया दिनुहोस्