 
	    काठमाडौं । गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् ।
प्रहरीले संकलन गरेको विवरण अनुसार भूकम्पबाट बाजुरामा ३ वटा पालिकाका ४२ घरपरिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विस्थापित भएका परिवारहरु केही आफन्तकोमा, केही त्रिपालको सहारामा र केही मन्दिरमा बास बसेको प्रहरीले बताइएको छ ।
त्यस्तै भूकम्पले करिब ४ सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरण अनुसार भूकम्पले सबै भन्दा धेरै बडीमालिका नगरपालिकामा क्षति पुगेको छ । भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । ४ जना घाइते भएका थिए । भूकम्पका कारण गौमुल–१ अम्लिसका राजदल बोहराका ३५ भेडा समेत मरेका थिए ।
बाजुरामा मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा ५ दशमलव ९ म्याग्निच्यूटको भूकम्प गएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्