काठमाडौं । एसीसी एसिया कप छनोट क्रिकेटका खेलहरु आज सुरु भएका छन् ।
मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
क्लालालम्पुरस्थित वायुमास ओभलमा सुरु भएको खेलमा टस जितेर ओमानले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।
नेपाल र ओमान डिभिजन स्तरका चिरप्रतिद्वन्द्वी हुन् । सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो ।
अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन् । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन ।
सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ वर्षपछि खेल्दा नेपाल ६ विकेटले विजयी भएको थियो ।
अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ ।
जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटले नेपाल पराजित भएको थियो भने २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्