Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


विकासका कामलाई प्राथमिकतामा राख्छौँ : मन्त्री श्रेष्ठ


78
Shares

काठमाडाैं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले वाग्मती प्रदेशका १३ जिल्लाका सबै विकास र प्रशासनीक कामलाई तीव्रता दिने बताउनुभएको छ ।

आज गृह जिल्ला सिन्धुली आउनुभएका उहाँले प्रदेशमा आवश्यकता अनुसार विकास निर्माणका कामहरुलाई प्रथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँ सिन्धुली क्षेत्र नं २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रेस सङ्गठन सिन्धुलीले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले यस प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर वर्तमान सरकारले ११ बनाएको जानकारी दिनुभयो ।

सिन्धुली अनेक सम्भावना रहेको जिल्ला भएपनि विकासका काममा पछि परेको भन्दै सिन्धुली जिल्लालाई बत्तीमुनिको अँध्यारोको संज्ञा दिनुभयो ।