Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


नोभाक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश


0
Shares

काठमाडौं । पूर्व विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार बिहान भएको खेलमा हंगेरीका मार्टोन फुक्सोभिसलाई ३–१ को सेटमा पराजित गर्र्दै जोकोभिचले दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

न्यूयोर्कमा भएको खेलमा जोकोभिचले मार्टोन विरुद्ध संघर्षपूर्ण जित निकाले ।

जोकोभिचले ६–३ ३–६ ६–४ ६–० ले खेल आफ्नो पक्षमा पारे । उनले दोस्रो चरणमा अमेरिकी खेलाडी टेनेस सान्डग्रेनसँग खेल्नेछन ।

यता महिलातर्फ अष्ट्रेलियन ओपन च्याम्पियन कारोलिन वाज्नियाकीले पनि दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

उनले अस्ट्रेलियाकी साम स्टोसुरलाई ६–३ र ६–२ को सेटमा पराजित गरिन् । उनले देस्रो चरणमा लेसिया सुरेन्कोसँग खेल्नेछिन् ।