३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


त्रिशुलीमा ट्रिपर खस्दा एकजनाको मृत्यु, एक बेपत्ता


0
Shares

नवराज छत्कुली

धादिङ, भदौ १३ । धादिङको गजुरी गाउँपालिका–६ पोखरे खोलास्थित त्रिशुली नदिमा ट्रिपर खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् ।

मंगलबार राति काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा४ख ७७८१ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा ट्रिपरमा सवार गजुरी गाउँपालिका–६ बस्ने २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका उनलाई उद्धार गरी उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा सोही ठाउँका २१ वर्षका रामकृष्ण भुजेल बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको छ । 

ट्रिपरमा सवार अन्य तीनजना घाईते भएका छन् । सोही ठाउँका ट्रिपर चालक २५ वर्षीय श्याम मगर, २६ वर्षीय प्रकाश भूजेल र २१ वर्षीय दिनेश भुजेल घाईते भएका छन् ।

घाईतेहरुको गजुरी अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।