बायर्न म्युनिख बराबरीमा रोकियो « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


बायर्न म्युनिख बराबरीमा रोकियो


130
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्षस्थानमा रहेको बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेलमा बायर्नले एफसी कोल्नसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको चौंथो मिनेटमा एल्य्स स्खिरीले गोल गर्दै कोल्नलाई अग्रता दिलाएका थिए । त्यसपछि ९० औं मिनेटमा जोसुवा किमिचले गोल गरेपछि बायर्न हारबाट जोगिएको हो ।

बराबरीसँगै बायर्न १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । कोल्न २१ अंक जोडेर १० औं स्थानमा छ ।