लक्ष्मी नरसिंह मन्दिर जीर्ण « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


लक्ष्मी नरसिंह मन्दिर जीर्ण


221
Shares

काठमाडौं । नेपाललाई मन्दिर र सम्पदास्थलको संग्रहालय मानिन्छ । तर कस्तुरीले आफ्नै नाभीमा रहेको बास्ना नचिने झैं नेपालीले नै यसको मर्म बुझन सकेका छैनन् । आफ्ना पुर्खाले आर्जेको सम्पदा खण्डहर बन्दा पनि वर्तमान पुस्ताले खासै चासो देखाएको छैन ।

काठमाडौंको घनाबस्ती मानिने नरदेवीमा रहेको नरसिंह मन्दिरको विशेषता भनेको लक्ष्मीसहितको मूर्ति हो । त्यसैले यसलाई लक्ष्मी नरसिंह भनिन्छ । विडम्वना यस्तो मौलिक मन्दिर जीर्ण बन्दै गइरहेको छ । मन्दिर अग्ला नयाँ भवनले घेरिएको छ । घाँसपात उम्रिएरको छ ।

यससँगै कौशीमा दुई वटा मन्दिर पनि रहेको छ । जसमा शिव पार्वती र कृष्णको भव्य मूर्ति छ । संरक्षणको अभावमा यी दुई मन्दिर पनि दुरावस्थामा पुगेका छन् । उत्कृष्ट मूर्ति रहेको मन्दिरमा रुख र झारपात उम्रिदा जीर्ण बन्द गइरहेको छ ।

३ रोपनीभन्दा बढी जग्गा रहेको मन्दिर परिसर अहिले बेवारिसे जस्तो देखिन्छ । मन्दिर चोकभित्र रहेको कोठा बहालमा दिइएको छ, भने हवाई मिठाई उत्पादन हुने गरेको छ । साँझ लागु औषध दुव्र्यसनीहरुको अखडा बनेको स्थानीय बताउँछन् । मन्दिरको रेखदेख र पूजाआजाको जिम्मेवारी आफूले सम्हाल्दै आउनुभएका बाबुकाजी महर्जन मन्दिर जिर्णोद्धार गर्नुपर्ने बताउनुहुन्छ ।

मन्दिर र यसले चर्चेको जग्गा भुमाफियाको आँखा नलागोस भन्नेमा चनाखो रहेका स्थानीयलाई मन्दिर जिर्णोद्धारको पहल गर्न पुजारी महर्जनको सुझाव छ । खाली जग्गा अतिक्रमणबाट जोगाउन र मन्दिरको ऐतिहासिक साख बचाउन जनप्रतिनिधिको सक्रियता आवश्यक छ ।