२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


‘ई-सेवा’ १५ औँ वर्षमा प्रवेश, विभिन्न अफरहरु सार्वजनिक


156
Shares

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘ई-सेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ ।

ई-सेवा वार्षिकोत्सवको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको हो ।

सम्मेलनमा ई-सेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । ई-सेवाले १४ औँ वार्षिकोत्सवको अवसरमा बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो ।

अफरहरुमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट ई-सेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेतालाई हीरा उपहार दिने लगायतका अफर ल्याएको जानकारी दिएको छ ।

ई-सेवाका प्रमुख म्यानेजर आशिष गौतमले १४ औं वार्षिक उत्सवको अवशरमा ई-सेवाले आकर्षक अफर ल्याएको उल्लेख गर्नुभयो । त्यस्तै, ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले ई-सेवा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने बताउनुभयो । ई-सेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको जनाएको छ ।

१४ वर्षको अवधिमा ई-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको र अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले ई-सेवामार्फत सेवा लिइरहेका कम्पनीले जनाएको छ ।