जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा टाइम कार्ड लागु « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा टाइम कार्ड लागु


130
Shares

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले विभिन्न सेवामा टाइम कार्ड लागु गरेको छ ।

सेवा सहज बनाउन तथा सेवामा समयप्रति देखिएको अन्यौलता हटाउन टाइम कार्ड लागु गरिएको कार्यालयले जनाएको छ ।

सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिकाको सहयोगमा मेसिन खरिद गरि टोकन सिस्टम लागु गरिएको छ ।

टोकन सिस्टमबाट कुन शाखाबाट कस्तो सेवा लिन सकिन्छ भनेर जानकारी पनि पाउन सकिने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।

राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनका लागि कर्मचारीले सहजीकरण गर्ने उहाँको भनाइ छ ।