Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


टी–२० क्रिकेट ‘स्पट फिक्सिङ’ मा ४ जना नेपाली र ६ जना विदेशीको संलग्नता


1.6k
Shares

काठमाडौ । प्रहरीले नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ मा नेपाली र विदेशी गरी १० जनाको संलग्नता रहेको जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) द्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
प्रहरीले ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता रहेको देखिएको जनाएको हो । मेहहबुब आलमले दुई नेपाली खेलाडीमार्फत नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीको भनाई छ । उनले मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न लगाएका थिए ।

यस प्रकरणमा दुबैजनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । गत महिना भएको टी–२० लिग सुरुदेखि नै विवादमा परेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाड्नु भएको थियो।

यस्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गर्नुभएको थियो ।

सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान शुरु गरेको हो ।