
काठमाडौं । नेकपा (एमाले)का सबै जनवर्गीय संगठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ ।
९ वटा जनवर्गीय संगठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि मिति घोषणा गरेका हुन् । गत पुस २४ र २५ गते धुलिखेलमा सम्पन्न जनसंगठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन/सम्मेलन गर्ने निर्णय गरेको थियो ।
सदस्य खड्काले सबै जनसंगठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन/सम्मेलनको मिति तोकेको बताउनभयो । उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा, नेपाल खेलकुद महासंघको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौंमा सम्मेलन हुने भएको छ ।
यस्तै, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको चैत १८ र १९ गते काठमाडौं, नेपाल पिछडा वर्ग महासंघको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासंघ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला संघको चैत २५ देखि २६ गते काठमाडौंमा, अखिल नेपाल किसान महासंघको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा संघको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ ।
एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय संगठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेका २३ जनवर्गीय संगठन छन् ।
प्रतिक्रिया दिनुहोस्