Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


एटीसीको इन्स्ट्रक्सन नमान्ने तीन पाइलटलाई निलम्बन गर्न निर्देशन


468
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ।

प्राधिकरणले उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको स्वरुप निलम्बन गर्न निर्देशन दिएको हाे।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाको एटीसीको इन्स्ट्रक्सन नमानेपछि उनीहरुलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज अवतरणका क्रममा हङकङ विमानस्थल एटीसीले दिएको निर्देशन अवज्ञा गर्दै जहाज अवतरण गरेको सूचना हङकङ सिभिल एभिएसनबाट आएको कारण उनीहरूलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरिएकाे हाे

शुक्रबार नै प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि उनीहरुलाई उडानमा प्रतिबन्ध लगाउन भन्दै पत्राचार गरेको छ।