२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


साना तथा मझौला उद्योग सम्मेलन आज हुँदै


26
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा साेमबार साना तथा मझौला उद्योग सम्मेलन हुने भएकाे छ ।

महिला उद्यमी, लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले याे सम्मेलन आयोजना गरिने भएकाे हाे । सम्मेलनमा नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन र अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव लगायतका विषयमा कार्यपत्र प्रस्तुुत भई छलफल हुने महासंघले जनाएको छ ।

प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका जनप्रतिनिधिहरु, महिला, लघु, घरेलु र साना तथा मझौला उद्यमी लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको सम्मेलनमा सहभागी रहने महासंघले जनाएको छ । ।