विश्व भेट्रान्स टेबल टेनिसमा नेपालले जित्यो स्वर्ण « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


विश्व भेट्रान्स टेबल टेनिसमा नेपालले जित्यो स्वर्ण


325
Shares

काठमाडौंः २० औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ ।

ओमानको मस्कटमा आयोजित च्याम्पियनसिपमा पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले स्वर्ण पदक जितेको हो ।

दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको हो ।