३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अज्जन विष्ट भारतको आई लिगमा अनुबन्धित


715
Shares

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् । अन्जनलाई यस सिजनको अन्तिम सम्मका लागि आई लिग क्लबले अनुबन्ध गरेको हो ।

आई लिगका लागि अन्जन आज मुम्बई प्रस्थान गरेका छन् । अन्जनले पहिलो पटक नेपाल बाहिरको लिग खेल्न लागेका हुन् । अन्जन यसै वर्ष नवप्रवेशी ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।

आई लिगको सिजन सकिएपछि अन्जन चर्च ब्वाइजमा फर्कने छन् । नेपालमा नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ ।

एन्फाले प्रतियोगिताको खेल तालिका शुक्रबार तय गरेको थियो । तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा नवप्रवेशी खुमलटारले फ्रेन्ड्स क्लबसँग खेल्नेछ ।