Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सुदूरपश्चिमले जित्याे प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटकाे उपाधि


26
Shares

काठमाडाैं । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

इटहरीमा आज भएको फाइनलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिमले उपाधि जितेको हो ।

उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश–१ ले ३ लाख रुपैयाँ प्राप्त गरे । प्रदेश–१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो ।

सुदुरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन् । कविता जोशी १९ रनमा अविजित रहिन् । प्रदेश–१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १÷१ विकेट लिए ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । प्रदेश–१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन् ।

सुदुरकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिईन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।