जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकियो « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकियो


65
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगसँग १–१ गोलको बराबरी खेलेको हो । एक गोलको सुरूवाती अग्रता जोगाउन नसक्दा बायर्नले बराबरी खेल्नु परेको हो । खेलको ३७ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ५२ औं मिनेटमा मार्सल हल्स्टन वर्गले गोल गर्दै लाइपजिगलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यो बराबरीसँगै बायर्नले १६ खेलमा ३५ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।

लाइपजिग २९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।