२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अर्थतन्त्रलाई सुधार गर्न सबै सरोकारवाला निकायको साथ आवश्यक: अर्थमन्त्री पौडेल


39
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतीको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभएको हो । उहाँले अर्थमन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती र सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालू आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको बताउनुभयो । उहाँले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले साधरण खर्च लिमिट भन्दा माथि भएको भन्दै पूँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताउनुभयो ।

बजेटको मध्यावधिक समीक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पूँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौती देखिएको उहाँले बताउनुभयो । अर्थतन्त्रमा देखिएको चुनौीलाई सुधार गर्नको लागि खर्च कटौतीका निम्ति र मितव्ययिताका निमित कृषि विकास बैंकको व्यवस्थापनको समेत साथ पाउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।