३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


ललितपुरमा मतयाः पर्व सम्पन्न


0
Shares

काठमाडौं, भदौ १२ । ललितपुरमा मंगलबार मतयाः पर्व सम्पन्न भएको छ ।

गाबहालस्थित बुबहाःबाट मंगलबार बिहान ४ बजे सुरु भएको जात्रा साँझ सोही स्थानमा पुगेर सम्पन्न भएको हो ।

वर्षभरि दिवंगत भएकाहरुको सम्झनामा उनीहरुका आफन्तले महाविहार, विहार, बहा, बही र विभिन्न चैते तथा गुम्बाहरुको परिक्रमा गरेर यो पर्व मनाउने गरिन्छ ।

पर्वमा ललितपुरकी जीवित देवी कुमारीलाईसमेत उपस्थिति गराइएको थियो ।