
काठमाडौं, भदौ १२ । यस वर्षको प्रताप स्मृति पत्रकारिता पुरस्कार एसिया प्यासेफिक डेलीका संवाददाता अस्मिका गुरागाइँलाई प्रदान गरिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले सो पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार विष्णुलाल श्रेष्ठ र अखण्ड भण्डारीलाई अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।
पुरस्कार प्रदान गर्दै इजरायली राजदूतले नेपालमा कृषिमा आधुनिकीकरणका लागि इजरायलको प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए ।
सो पत्रकारिता पुरस्कारबाट हालसम्म ६ जना पत्रकार पुरस्कृत भइसकेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्