Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


आईएमई लाइफ इन्स्योरेन्सका एक सिओटीसहित ३४ एमडिआरटि सम्मानित


78
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटीसहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् ।

कम्पनीले गत बुधबार एक समारोहको आयोजना गरी बीमा अभिकर्ताहरु सम्मान गरेको हो ।

उक्त अवसरमा एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुर्‍यालले बताउनुभयो ।

कम्पनिको समय सापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित हुनु भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटि उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सञ्चार अधिकृत श्री दिनेश अमात्यले बताउनुभयो ।