प्रधानमन्त्री कप : प्रदेश १ र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


प्रधानमन्त्री कप : प्रदेश १ र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने


78
Shares

काठमाडौं । प्रदेश नम्बर–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश–१ उपाधि नजिक पुगेको हो ।

अब प्रदेश–१ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल शनिबार हुने छ । एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश–१ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । प्रदेश–१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडिन । एपीएफका नेरी थापाले १ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन जोडेको थियो ।

एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक १० रन जोडिन् । एपीएफलाई सस्तैमा समेट्न प्रदेश–१ की संगीता राई र एलिशा खडियाले ३/३ विकेट लिईन् । सबनम राईले २ विकेट हात पारिन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।