Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


यौन दुर्व्यवहारको आरोपमा फुटबलर पक्राउ


2.7k
Shares

काठमाडौं । स्पेनकाे बार्सिलोनामा पूर्व डिफेण्डर ड्यानी अल्भेस पक्राउ परेका छन् ।

एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले उनलाई पक्राउ गरेको समाचार एजेन्सी ईएफई जनाएकाे छ ।

पीडित महिलाले ३० डिसेम्बरको राति पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।

त्यही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे हाे ।