१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


कुखुरापालक किसानले सरकारसँग पोखे आक्रोश


0
Shares

स्याङ्जा, जेठ २८ । स्याङ्जाका कुखुरापालक किसानले चल्ला र दानाको मूल्यमा एकरुपता नहुँदा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

उनीहरुले चल्ला र दानामा मनोमानी, औषधिको अभाव, बजारीकरणको समस्या र दक्ष प्राविधिक नहुँदा व्यवसायमा फाइदा हुन छाडेको बताएका हुन् ।

व्यवसायलाई एकरुपता दिन र सबै ब्रोइलरपालक किसान संगठिन हुन गरिएको भेलामा अधिकांश किसानले कुखुरामा रोग लागेमा त्यसको उपचारका लागि पोखरा पुग्नुपर्ने अवस्था रहेको भन्दै प्राविधिकको व्यवस्था गर्न माग गरेका छन् ।

किसानहरुको भेलालाई सम्बोधन गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारीले कुखुराजन्य व्यवसायबाट किसानलाई आत्मनिर्भर बनाउन सरकारले कृषि र पशुपालनमा बजेट बढाउनुपर्ने बताए ।