Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


प्रतिनिधिसभाकाे सभामुखकाे निर्वाचन प्रकृया सुरु


403
Shares

काठमाडाैं । संघीय संसदकाे प्रतिनिधि सभाकाे सभामुखकाे निर्वाचन प्रकृया सुरु भएकाे छ ।

सभामुखकाे निर्वाचनमा दुई जनाले उम्मेदवारी दिनु भएकाे छ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा भइरहेकाे छ ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने हुनुहन्छ भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहनुभएको छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ ।

सातदलीय सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका एमालेका घिमिरेको पक्षमा स्पष्ट बहुमत छ । उनलाई एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ (ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले मतदान गर्न नपाउने), जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४ जना र स्वतन्त्र २ गरी १६६ जनाको समर्थन रहेकाे देखिन्छ ।

यस्तै, विपक्षी दलहरूको समर्थनमा उम्मेदवार बनेकी कांग्रेसकी न्यौपानेको पक्षमा कमजाेर गणित देखिन्छ ।