Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सीके राउतले रोस्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण


0
Shares

काठमाडाैं । सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदको रोष्ट्रममै मौनधारण गरेका छन्।

उनले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली दिन अरू सांसदलाई पनि मौन धारण गर्न आग्रह गरेका थिए ।

राउतको मौन धारण सुरु भएलगत्तै लोसपाका नेताहरु उठेका थिए। त्यस्तै, कांग्रेसका सांसदहरु पनि सिटबाट उठेका थिए।

अन्य केही सांसदहरु पनि उठेका थिए। गृहमन्त्री रवि लामिछाने लगायत अन्य केही मन्त्री पनि उठेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने यथास्थानमा बसिरहेका थिए।