Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


डडेल्धुरामा हिउँदे बाली सुक्दै, ४० प्रतिशत उत्पादन घटने अनुमान


65
Shares

डडेल्धुरा । हिउँदे वर्षा नभएपछि डडेल्धुरामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

आश्विन महिनाकाे तेस्रो हप्ता ४ दिनसम्म अविरल वर्षा भएपनि हिउँदे बाली लगाउने समयमा भएको खडेरीका कारण लगाइएकोे बाली समेत सुक्न थालेको कृषकहरूले बताएका हुन् । यस वर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु तथा तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको छ। खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश कृषक उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् ।

दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य संकट निम्तिने कृषि विज्ञहरू बताउँछन् । ८ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको डडेल्धुरामा ४० प्रतिशत जमिनमा मात्रै सिंचाइको सुविधा भएकाे छ । सिंचाइको सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँ बाली समेत लगाउन पाएका छैनन् ।

गहुँ छरेका ठाउँमा पनि खडेरीका कारण सुक्न थालपछि ४० प्रतिशत उत्पादन घटने अनुमान गरिएको छ।लामो समयसम्म पानी नपर्दा र सिंचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको हो ।