काठमाडौं । वीरगञ्जमा स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद भएकाे हाे ।
वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेपछि पक्राउ गरिएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्