२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डा. सन्दुक रुइतलाई १३ करोडको पुरस्कार


2.587k
Shares

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले विश्वकै प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुहुने भएको छ । पुरस्कारको राशी १० लाख अमेरिकी डलर अर्थात १३ करोड नेपाली रुपैयाँ बराबर रहेको छ ।

बहराइनका पूर्व राजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. सन्दुक रुइतलाई पुरस्कृत गर्ने घोषणा गरिएको हो ।

शेख इसा बिन सलमान अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले सन् २०१३ देखि हरेक वर्ष मानव कल्याणको क्षेत्रमा क्रियाशिल ब्यक्ति वा संस्थालाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

खाडी मुलुक बहराइनको राजधानी मनामामा आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदश्य शेख मोहमद बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लगि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरेको जानकारी दिनुभएको हो ।

यस पटक अवार्डका लागि सुरूमा १४५ ब्यक्ति तथा संस्था मनोनयमा परेका थिए । उनीहरु मध्ये ६ ब्यक्ति संस्थालाई सर्टलिस्ट गरिएको थियो । सर्टलिस्ट प्रकाशितपछि अवार्ड छनोट समिती सदश्य तथा अनुसन्धानकर्ताहरुले सम्बन्धित देशमा स्थलगत भ्रमण गरी कामको जानकारी लिएपछि डा. रुइत छनोट हुनुभएको हो ।

डा.रुइतले मोतिबिन्दु उपचार गर्ने सरल बिधि विकास गर्नुभएको थियो । उहाँले इन्ट्राअकुलर लेन्स बिकास गरी सुलभ दरमा उपलब्ध गराउनु भएको थियो ।