
काठमाडौं, भदौ १२ । शिक्षा मन्त्रालयले बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि यही भदौ १४ र १५ गते उपत्यकाका विद्यालय बिदा दिने भएको छ ।
सम्मेलनमा आउने विदेशी अतिथिहरुको आगमन र सुरक्षाका कारण सडक व्यवस्थित गर्नुपर्ने भन्दै मन्त्रालयले निजी तथा सामुदायिक विद्यालयहरुमा छुट्टी दिने निर्णय गरेको हो ।
काठमाडौं, भक्तपुर, ललितपुरमा यो निर्णय लागू हुने जनाइएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्