जकार्ता, भदौ १२ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को कुराासतर्फ नेपालको पदक जित्ने आशा समाप्त भएको छ ।
मंगलबारदेखि सुरु भएको कुराँसतर्फका खैलहरुमा नेपालका दुवै खेलाडी पराजित भए ।
जकार्तास्थित जैसीसी हलमा भएको पुरुष ६६ केजीमुनिको तौल समूहको प्रिक्वार्टरफाइनल खेलमा नेपालका उपेन्द्र थापालाई उज्वेकिस्तानका खेलाडी रुस्लान बुरिएभले १०–० ले हराए ।
दिनको पहिलो खेलमा पाकिस्तानका खेलाडी साइद समिउल्लाहलाई १–० ले हराउँदै उपेन्द्र दोस्रो चरणमा उक्लिएका थिए ।
कुराँसकै महिला ५२ केजीमुनिको तौल समूहमा नेपालकी भगवती माझी पहिलो खेलमै पराजित भइन् ।
अन्तिम ३२ चरणको खेलमा माझीलाई चाइनिज ताइपेइकी चियावेन साउले १०–० ले हराएकी हुन् ।








प्रतिक्रिया दिनुहोस्