जकार्ता, भदौ १२ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को स्क्वासतर्फ पुरुष टिम इभेन्टमा नेपाललाई जापानले ३–० ले हराएको छ ।
मंगलबार नेपालका अर्हान्तकेशर सिंहलाई जापानका तोमोताका इन्डोले ११–३, ११–६ र ११–७ को सोझो सेटमा हराए ।
यसैगरी, अर्का नेपाली खेलाडी अमृत थापामगरलाई रुनोसुके सुकीले ११–०, ११–५ र ११–५ को सोझो सेटमै पाखा लगाए ।
तेस्रो खेलमा ज्ञानु चौधरीलाई जापानका रोसेइ काबाएसीले ११–३, ११–८ र ११–४ ले पराजित गरे ।
स्क्वासको पुरुष टिम इभेन्टमा नेपालले यसअघि दक्षिण कोरिया र पाकिस्तानसँग ३–० को सोझो सेटमा हार व्यहोरेको थियो ।
यी खेलहरुसँगै स्क्वासतर्फ पनि नेपालका खेलहरु सकिएका छन् ।








प्रतिक्रिया दिनुहोस्