काठमाडौं, भदौ १२ । अमेरिका र मेक्सिकोबीच २५ वर्षे पुरानो उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने सहमति भएको छ ।
पुरानो सम्झौताप्रति आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सम्झौताको घोषणा गरेका हुन् ।
ट्रम्पले नयाँ सम्झौता ‘गज्जबको निष्पक्ष’ हुने बताएका छन् ।
सम्झौताले दुई देशबीचको व्यापारिक सम्पर्कहरूलाई पुनःस्थापित गर्न बाटो खोल्ने अनुमान गरिएको छ ।
मेक्सिकोमा सत्ता छोड्न लागेका राष्ट्रपति एनरिके पेना निएटोले नयाँ सम्झौताको मस्यौदा अतिसकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपतिमा निर्वाचित म्यानुयल लोपेज ओब्राडोरले दुईपक्षीय नयाँ सम्झौताका लागि पहिलो कदम भएको बताएका छन् ।
उनले सम्झौतामा क्यानडा पनि सहभागी हुने आशा व्यक्त गरेका छन् ।
अमेरिका र मेक्सिकोबीच नयाँ सहमति भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउबीच छलफल भएको छ ।
उत्तर अमेरिकाबाहिर बनेका कारका पाटपुर्जा कार निर्माताले प्रयोग गर्न नपाउने प्रस्ताव नयाँ सम्झौताको विवादमा छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्