प्रहरीका उच्च अधिकारीलाई प्रभावकारी काम गर्न महानिरीक्षक सिंहको निर्देशन « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


प्रहरीका उच्च अधिकारीलाई प्रभावकारी काम गर्न महानिरीक्षक सिंहको निर्देशन


78
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरज प्रताप सिंहले सरुवा भएर कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएकाे छ ।

साेमबार प्रहरी प्रधान कार्यालयमा उहाँले जघन्य अपराध अनुसन्धानमा केन्द्रित भएर काम गर्न निर्देशन दिनु भएकाे हाे । सिंहले फरार अभियुक्तलाई नियन्त्रणमा लिन र पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।

आर्थिक पारदर्शीताको नीति अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह आग्रह गर्दै आईजीपी सिंहले योग्यताको आधारमा जिम्मेवारी दिइएकाले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखेको बताउनुभयो ।

मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा सिंहले जोड दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले तालिम केन्द्रहरू पहिलेको भन्दा परिस्कृत भएको, पूर्वाधारहरू विकास भएको र आगामी दिनमा स्मार्ट मोडलको रूपमा जाने बताउनु भएकाे छ ।

तालिम केन्द्रका प्रमुखको रूपमा खटिने प्रहरी अधिकृतहरूले प्रशिक्षार्थीलाई थप दक्ष बनाउन आवश्यक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।