स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनालाई « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनालाई


195
Shares

काठमाडाैं । स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा रियाल मड्रिडलाई ३–१ ले पराजित गर्दै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले १–१ गोल गरेका थिए ।

पराजित टोली रियाल मड्रिडका करिम बेन्जिमाले एक गोल फर्काएका थिए । बार्सिलोनाले ५ वर्षपछि सुपर कपको उपाधि जितेको हो । मुख्य प्रशिक्षक जाभीको नेतृत्वमा बार्सिलोनाको यो पहिलो उपाधि हो ।